आज: २५ बैशाख २०८१, मंगलवार | Tue, 07, May, 2024

विश्वासको मत नदिए मध्यावधि निर्वाचनको सामना गर्नुपर्छ : मुख्यमन्त्री कार्की

गोकर्णेश्वर खबर१४ असार २०८०, बिहीबार १५:५४ मा प्रकाशित (१0 महिना अघि) ७५ पाठक संख्या

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफूलाई सबै प्रदेशसभाले विश्वासको मत दिनुपर्ने बताएका छन् ।

बिहीबार प्रदेशसभामा विश्वासको मत माग्दै उनले आफूलाई विश्वासको मत नदिए अर्को सरकार पनि बन्न नसक्ने दाबी गरे ।

‘यो बाटोमा नजाने हो भने मध्यावधि निर्वाचनको सामना गर्नुपर्छ, के मध्यावधि निर्वाचनमा जान हामी तयार छौं, यो प्रदेशसभा तयार छ, नेपालको संघीयता तयार छ ?’ उनले प्रश्न गरे ।

आफू मुख्यमन्त्री भएको ६ महिनामा कहिँ पनि नचुकेको भन्दै उनले आफूलाई विश्वासको मत मत नदिए नदिनेहरुप्रति नै अविश्वास पैदा हुने बताए ।

‘तपाईहरुले यो सरकारलाई विश्वासको मत दिनै पर्छ, कि एजेण्डा गलत छ, काम गर्न सकेको छैन भन्नुप¥यो’ उनले भने, ‘सबैथोक ठीक छ, विश्वासको मत दिन सक्दिन भन्ने हो भने तपाईहरुप्रति अविश्वास बढ्छ ।’

प्रदेश संरचनालाई मुखै देखाउन नसक्ने गरी बदनाम गर्ने प्रयास गरिएको भन्दै मुख्यमन्त्री कार्कीले त्यसप्रति विचार गर्न विपक्षी दलहरुलाई आग्रह गरे ।