आज: २५ बैशाख २०८१, मंगलवार | Tue, 07, May, 2024

कोशीमा तटस्थ रहने जसपाको निर्णय

गोकर्णेश्वर खबर१४ असार २०८०, बिहीबार १५:०७ मा प्रकाशित (१0 महिना अघि) ५८ पाठक संख्या

काठमाडौँ । जनता समाजवादी पार्टी, जसपाले कोशी प्रदेशमा तटस्थ बस्ने निर्णय गरेको छ। आज बस्ने प्रदेशसभा बैठमा विश्वासको मत लिने मुख्यमन्त्री हिक्मतकुमार कार्कीले तयारी गरेका छन्।

त्यसअघि बसेको जसपा संसदीय दलको बैठकले कोशीमा तटस्थ बस्ने निर्णय गरेको हो। कार्कीले विश्वासको मत माग्दै कोशी प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दललाई पत्रसमेत पठाएका छन्।

‘पहिचानलाई सम्बोधन गरेर पुनः प्रदेशको नामाकरण गर्ने बारे बलियो राजनीतिक आधार निर्माण नभएसम्म जसपा प्रदेश नम्बर १ कसैको पक्ष वा विपक्षमा मतदान नगर्ने र तटस्थ रहने नीतिका साथ अगाडि बढेको स्पष्ट पार्न चाहन्छौं,’ जसपा प्रदेश अध्यक्ष दिपक याक्खाले जारी गरेको विज्ञप्तितमा जनाइएको छ।

कोशीमा एक सांसद मात्र रहेको जसपाबाट निर्मला लिम्बू स्वास्थ्यमन्त्री छिन्। उनी पुस २५ गते कार्की नेतृत्वमा सरकार गठन हुँदा मन्त्री बनेकी थिइन्।

कोशी नाम खारेजी र पहिचानलाई सम्बेधन गरी पुनः नामाकरण गरिनुपर्ने जसपाको माग छ। जसपाले गत जेठ १७ गते नै सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो।