आज: २८ बैशाख २०८१, शुक्रबार | Fri, 10, May, 2024

ज्याक मा काठमाडौंबाट पाकिस्तान प्रस्थान

गोकर्णेश्वर खबर१४ असार २०८०, बिहीबार १४:४५ मा प्रकाशित (१0 महिना अघि) २० पाठक संख्या

काठमाडौं । निजी भ्रमणका लागि काठमाडौं आएका अलिबाबाका संस्थापक ज्याक मा फर्किएका छन्।

हङकङ बिजनेश एभिएसनको जहाज चार्टर्डमार्फत उनी बिहीबार मध्याह्न पाकिस्तान गएका हुन्।

उनी मंगलबार दिउँसो काठमाडौं आएका थिए। उनी काठमाडौंको द्वारिकाज होटलमा बसेका थिए।

उनले काठमाडौंको कालिमाटी तरकारी बजार, ठमेल, भक्तपुर दरबार स्क्वायरलगायत ठाउँको अवलोकन गरेका थिए।

उनीसहित ७ जनाको टोली काठमाडौं आएको थियो।

उनीसहित ५ जना चिनियाँ नागरिक, एक जना डेनमार्कका र एक जना अमेरिकी नागरिक पाकिस्तान गएका हुन्।