आज: २७ बैशाख २०८१, बिहीबार | Thu, 09, May, 2024

तामाङ राष्ट्रिय पुस्तकालयलाई बौद्धनाथ क्षेत्र विकास समितिले गर्यो ५ दर्जन पुस्तक हस्तान्तरण

गोकर्णेश्वर खबर१४ असार २०८०, बिहीबार ११:०२ मा प्रकाशित (१0 महिना अघि) २९ पाठक संख्या

काठमाडौं । श्री बौद्धनाथ क्षेत्र विकास समितिले बौद्धदर्शन तथा हिमालय अध्ययनसम्बन्धी पुस्तक तामाङ राष्ट्रिय पुस्तकालयलाई हस्तान्तरण गरेको छ ।

काठमाडौं महानगरपालिका ६ अङ्गदधारा बौद्धस्थित तामाङ राष्ट्रिय पुस्तकालयका अध्यक्ष अमृत योञ्जनलाइ क्षेत्र विकास समिति अध्यक्ष राजकुमार लामाले एक कार्यक्रमबाबीच पुस्तक हस्तान्तरण गरे ।

श्री बौद्धनाथ क्षेत्र विकास समितिको आर्थिक सहयोगमा उक्त पुस्तकालयलाई बौद्धदर्शन तथा हिमालय अध्ययनसम्बन्धी ५ दर्जन पुस्तक हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाले तामाङबारे अध्ययन, अनुसन्धान गर्न उक्त पुस्तकालय उपयोगी रहेको बताए । उनले तामाङ समुदायका विभिन्न विषयमा लेखिएका पुस्तक एकैठाउँमा अध्ययन गर्न पाउने गरी स्थापना गरिएको पुस्तकालयलाइ बौद्धनाथ क्षेत्र विकास समितिको तर्फ बाट सहयोग गर्न पाउदा खुसि लागेको बताए ।

अध्यक्ष लामाले आगामी दिनमा पनि पुस्तकालयको आवश्यकताको आधारमा सहयोग गर्दै जाने बताए ।

कार्यक्रममा श्री बौद्धनाथ क्षेत्र विकास समितिका कार्यकारी निर्देशक शान्तीमाया तामाङले मातृभाषा, साहित्य, संस्कृति र शिक्षाको उत्थान गर्ने उद्देश्यले स्थापना गरिएको पुस्तकालयलाई बौद्धनाथ क्षेत्र विकास समितिले पुस्तक हस्तान्तरण गर्न पाउदा खुसि लागेको बताइन । उनले उक्त पुस्तकालयलयलाइ प्रदान गरेको पुस्तक अध्ययन अनुसन्धानमा उपयोगी हुने बिश्वास ब्यक्त गरीन् ।

पुस्ताकालयमा तामाङ भाषामा लेखिएका, तामाङद्वारा लेखिएका, तामाङ अध्ययन (तामाङबारे लेखिएका), तामाङ दुर्लभ पुस्तक, थेसिस र अभिलेख राखिएको छ ।

त्यस्तै पुस्ताकालयमा तामाङ भाषाका पत्रपत्रिका, कोशलगायतका सन्दर्भग्रन्थ,जर्नल, सम्पादित पुस्तक, अनुसन्धानमूलक सामग्री र प्रतिवेदन, बौद्ध–स्वयम्भू–नमोबुद्ध सम्पदा र बौद्ध क्षेत्रका प्रकाशन, आदिवासी अध्ययन, महिला अध्ययन, हिमाली अध्ययन, भाषा र भाषाविज्ञानका पुस्तक तथा समग्री अध्ययन गर्न पाइनेछ।

पुस्तक हस्तान्तरण कार्यक्रममा क्षेत्र विकास समिति सदस्यहरु पशुपतिनाथ९श्याम० खतिवडा, जानुका भण्डारी श्रेष्ठ,लगायत तामाङ राष्ट्रिय पुस्तकालयका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।