आज: २७ बैशाख २०८१, बिहीबार | Thu, 09, May, 2024

गोकर्णेश्‍वरको जम्बुडाँडाबाट जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ

गोकर्णेश्वर खबर१४ असार २०८०, बिहीबार १०:१९ मा प्रकाशित (१0 महिना अघि) १०१ पाठक संख्या

काठमाडौं । गोकर्णेश्वरमा जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ परेका छन् ।

प्रहरी वृत बौद्धबाट खटिएको टोलीले गोकर्णेश्‍वर नगरपालिका -५ जम्बुडाँडास्थित सार्की तामाङको कोठामा तास खेलिरहेको अवस्थामा ७ जनालाई पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा खटिएको प्रहरीले उनीहरुसँग नगद ८५ हजार ९ सय ६० रुपैयाँ र ३ बुक ताससहित फेला पारेको छ ।

पक्राउ परेकाहरुलाई आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।