आज: २८ बैशाख २०८१, शुक्रबार | Fri, 10, May, 2024

बजेट बहुमतले पारित

गोकर्णेश्वर खबर१३ असार २०८०, बुधबार १६:५९ मा प्रकाशित (१0 महिना अघि) ५२ पाठक संख्या

काठमाडौं । प्रतिनिधिसभामा बजेटमाथि पहिलो पटक मतदान भएको छ ।

बुधबार आर्थिक वर्ष २०८०/८१ को विनियोजन विधेयक पारित गर्न मतदान गरिएको हो । नेकपा एमालेले मत विभाजन माग गरेपछि भएको मतदानमा विनियोजन विधेयकको पक्षमा १४७ मत पर्‍यो । जुन प्रतिनिधिसभाको बहुमत हो ।

संसद सचिवालयका पूर्वसचिव सोमबहादुर थापाले नेपालको इतिहासमा विनियोजन विधेयकमाथि मतदानको यो पहिलो घटना भएको बताए । उनले भने, ‘नेपालको इतिहासमा विनियोजन विधेयकमाथि मतदान भएको नजिर दर्ज भएको छ ।’

बुधबार प्रतिनिधिसभाका कुल २७५ सदस्यमध्ये २५५ जना मतदानमा सहभागी भएका थिए । तीमध्ये १०८ जनाले विनियोजन विधेयक पारित गरियोस् भन्ने प्रस्तावको विपक्षमा मतदान गरेका थिए ।