आज: २४ बैशाख २०८१, सोमबार | Mon, 06, May, 2024

एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगिन अभिनेत्री श्वेता खड्का

गोकर्णेश्वर खबर१२ असार २०८०, मंगलवार १५:०४ मा प्रकाशित (१0 महिना अघि) १५७ पाठक संख्या

काठमाडौँ । अभिनेत्री श्वेता खड्काले मंगलबार बालकोट पुगेर प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेकी छन्।

अभिनेत्री खड्का पति विजयेन्द्रसिंह रावत र नाबालक छोरी ब्रिआनालाई साथमा लिएर बालकोट पुगेकी हुन्।

बालकोटमा पुगेर सार्वजनिक गरेका तस्बिरमा श्वेता र ओली दुवै प्रसन्न मुद्रामा देखिन्छिन्। यसअघि नेपाली कांग्रेसमा प्रवेश गरेकी उनी पछिल्लो समय छोरी हुर्काउन व्यस्त छिन्।

उनले ओलीसँगको भेटपछि कुनै पनि काम प्रेमपूर्वक गर्दा लक्ष्मीको बास हुने बताएकी छन्।

उक्त भेटका क्रममा ओलीले श्वेताकी छोरी ब्रिआनालाई प्रेमपूर्वक साथमा लिएर आशीर्वाद पनि दिएको श्वेताले बताएकी छन्।‘काम ठूलो हुनु पर्दैन, जे गर्छौँ प्रेमपूर्वक गर्दा सदैव लक्ष्मी को बास हुन्छ’, श्वेताले भनेकी छन्, ‘सम्मनानीय पूर्वप्रधानमन्त्री केपी बुवा हजुरसँग पहिलो भेट ब्रिआनाको, आशिर्वाद लिँदै।’