आज: २६ बैशाख २०८१, बुधबार | Wed, 08, May, 2024

बाढीपहिरोले सिन्धुली बितिजोरका ३१ घरमा क्षति

गोकर्णेश्वर खबर९ असार २०८०, शनिबार १५:१३ मा प्रकाशित (१0 महिना अघि) ३८ पाठक संख्या

सिन्धुली । सिन्धुलीको गोलञ्जोर गाउँपालिका २ बितिजोरमा बाढीपहिरोबाट ३१ घरमा क्षति पुगेको छ । बाढीले खेतसमेत बगाएको छ । आज बिहान आएको बाढीले पाक्न लागेको मकै र रोपाइ गर्न राखिएको धानको ब्याडसमेत बगाएको छ ।

बाढीपहिरोबाट पशुचौपाया र कखुरा पनि नष्ट गरेको वडाध्यक्ष दौलत कार्कीले जानकारी दिए । लगातारको वर्षापछि खसेको पहिरो र खोल्सामा लेदोसहित आएको बाढीले बितिजोरको कुखुरेटारका चित्रबहादुर माझीको गोठ बगाउँदा पाँच सुँगुर र ६० कुखुरा मरेका छन् ।

बाढीपहिराले बितिजोरका कखुरेटार, तीनमाने, कटहरे र भालुखोलाका बासिन्दाको घरमा क्षति पुगेको छ । क्षतिको विवरण संकलन गरिरहेका छौँ, रोपाइँका लागि तयार हुँदै गरेको धानको ब्याड चिनोमानो नरहने गरी पुरिँदा किसान मर्कामा परेका छन्, वडाध्यक्ष कार्कीले भने ।