आज: २७ बैशाख २०८१, बिहीबार | Thu, 09, May, 2024

सांसद चालिसेद्धारा जोरपाटीमा सानो बजारको उद्घाटन,व्यवस्थीत रुपमा व्यापार गर्न पाएकोमा व्यवसायी खुशि

गोकर्णेश्वर खबर६ असार २०८०, बुधबार २२:२२ मा प्रकाशित (१0 महिना अघि) २०९ पाठक संख्या

काठमाण्डौं । गोकर्णेश्वरको जोरपाटीमा सानो बजारको उद्घाटन गरिएको छ।

गोकर्णेश्वर नगरपालिकाद्वारा स्थापित तथा सानो बजार ब्यबसायीबाट संचालित रहेको उक्त बजार आज एक कार्यक्रमकाबीच उद्घाटन गरिएको हो ।

प्रतिनिघि सभा सदस्य सन्तोष चालिसेले रिवन काटेर बजारको उद्घाटन गरेका थिए ।

कार्यक्रममा सांसद चालिसेले नगर बासीको आँखामा आँसु देख्ने आफ्नो स्वभाव नभएकोले पहिला व्यस्थापन गरेर मात्र अगाडि बढिएको बताए। उनले लामो समय पछिको कसरतबाट कसैको आँखामा आँसु बिना हासो छर्न सकिएको भन्दै खुशि व्यक्ति गरे । सांसद चालिसेले यो बजार ब्यबस्थापनले आगामी दिनमा अझै राम्रो आर्थिक उन्नती गर्ने विश्वास व्यक्त गरे ।

त्यस्तै गोकर्णेश्वर नगर प्रमुख दिपककुमार रिसालले लामो समयदेखी ब्यबसाय गर्दै आएका व्यापारी उधमीलाई बिस्थापन गर्नु समाधानको बिकल्प नभएकोले नयाँ ठाउँमा नयाँ बजारको स्थापना गरि स्थानान्तरण गरिएको बताए । उनले यो रोजिरोटी, रोजगारी संग जोडिएको चुल्हो बल्ने, बिहान र बेलुका हात जोड्ने अवस्थाको कुरालाई मनन गर्दै आज यो उद्घाटन गर्न सफल भएको बताए ।

सानो बजार ब्यबसायी समुहका अध्यक्ष बद्री खतिवडाको सभा अध्यक्षतामा शुरु भएको कार्यक्रममा सांसद शान्ती श्रेष्ठ,नगर उप प्रमुख सान्नानी लामा,पुर्व सांसद कृष्ण राई,गोकर्णेश्वर नगरपालिका प्रमुख प्रशाशकिय अधिकृत बैकुण्ठ प्रसाद सापकोटा, विभिन्न पार्टीका नगर कमिटीका पदाधिकारी, गोनपाका वडाध्यक्ष,वडा सदस्य लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा नेकपा माओबादी केन्द्र नगर कमिटीका अध्यक्ष किरण नेपाल,चामुन्डा सहकारी संस्था लिमिटेडका सचिब सरोज श्रेष्ठ,नगर प्रबक्ता तथा वडा नं ५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदी,नगर उपप्रमुख सान्नानी लामा,प्रमुख प्रशासकिय अधिकृत बैकुण्ठ प्रसाद सापकोटा लगायतले मन्तव्य राखेका थिए ।

समितिका सचिब बिष्णु ढकालद्वारा संचालित कार्यक्रमको स्वागत मन्तव्य समितिका सदस्य लक्ष्मी केसीले गरेकी थिइन