आज: २४ बैशाख २०८१, सोमबार | Mon, 06, May, 2024

‘मिस एसईई नेसनल २०२३’ मा गोकर्णेश्वरकी सरिना भारती भ्युअर्स च्वाइस विद्यामा विजेता

गोकर्णेश्वर खबर२ असार २०८०, शनिबार १८:४८ मा प्रकाशित (१0 महिना अघि) ४४२ पाठक संख्या

काठमाडौंँ । ‘मिस एसईई नेसनल २०२३’ मा सरिना भारती भ्युअर्स च्वाइस विद्यामा विजेता बनेकी छन् । जमलस्थित राष्ट्रिय नाचघरको डबलीमा आयोजित प्रतियोगिताको अन्तिम स्पर्धामा उनले भ्युअर्स च्वाइस विधा हात पारेकी हुन ।

युहान इन्टरनेसनल इभेन्ट्सको ब्यानरमा सञ्चालन भएको प्रतियोगितामा काठमाडौं गोकर्णेश्वर-३ सुन्ताखानकी सरीना भारतीले भ्युअर्स च्वाइस विद्यामा चित्त बुझाउँनु पर्यो भने मिस एसईई नेसनल २०२३’ को ताज कृतिका रेग्मीले जित्न सफल भईन । रेग्मीले भ्युअर्स च्वाइस विधा समेत हात पारेकी छन् ।

प्रतियोगितामा त्रिदेवी श्रेष्ठ फस्ट रनरअप तथा अदिति ढकाल सेकेन्ड रनर अप छानिए । त्रिदेवीले फोटोजेनिक अवार्ड प्राप्त गर्दा अदितिले ट्यालेन्ट विधाको अवार्ड आफ्नो पोल्टामा पारिन् । प्रतिस्पर्धा अन्तर्गत थर्ड रनरतर्फ सुजिना भण्डारी र फोर्थ रनरअप तर्फ कृस्टिना ढुंगाना भए । सुजिनाले म्यानेज्मेन्ट च्वाइस र कृष्टिना पब्लिक च्वाइस विधाको समेत विजेता बने ।

प्रतियोगितामा प्रिन्सा थापा पब्लिक च्वाइस, समिका तामाङ पर्सनालिटी, दिया तिमिल्सिना क्याटवाक, मुक्तिना खरेल कन्जिनियालिटी, साकिरा सिंम्खडा कन्फिडेन्ट, ऐश्वर्या पुडासैनी इन्टेलिजेन्ट, जेनिसा खत्री डिलिजेन्ट र आर्या लामा मिस ग्ल्यामरका रूपमा विजेता घोषित भए ।

३२ जना छात्राहरुको सहभागितामा रहेको प्रतियोगितामा शिक्षाविद् छविलाल पाण्डे, चलचित्र निर्देशक एवं सम्पादक साहिल खान, मोडल एवं सञ्चारकर्मी रीता कट्टेल तथा नेपाल एयरहोस्टेस् एकेडेमीका रेजिना तुलाधर निर्णायकको रूपमा रहेका थिए । प्रतियोगिताको सञ्चालन एवं कोरियोग्राफी फेसन कोरियोग्राफर एवं सञ्चारकर्मी रोजिन शाक्यले गरेका थिए । विजेता सबैले उपाधिका साथमा विभिन्न अवसर समेत हात पारेका छन् ।