आज: २४ बैशाख २०८१, सोमबार | Mon, 06, May, 2024

धरान उपमहानगरको खानेपानी व्यवस्थापनमा कोशी प्रदेशले छुट्टायो ४ करोड बजेट

गोकर्णेश्वर खबर३२ जेष्ठ २०८०, बिहीबार १७:४० मा प्रकाशित (१0 महिना अघि) ३७ पाठक संख्या

विराटनगर । कोशी प्रदेश सरकारले धरान उपमहानगरपालिकाको खानेपानीका लागि ४ करोड रुपैयाँ विनियोजन गरेको छ । अर्थ मन्त्रालयसमेत सम्हालिरहेका हिक्मतकुमार कार्कीले अध्यादेशमार्फत ल्याएको बजेटमा धरान खानेपानी समेटिएको हो ।

खानेपानी, सिँचाइ तथा ऊर्जाका लागि ५ अर्ब ४३ करोड ८३ लाखमध्ये धरान उपमहानगरको खानेपानीको व्यवस्था गर्न ४ करोड बजेट विनियोजन भएको हो ।

कार्कीले विराटनगरस्थित आर्थिक मामिला मन्त्रालयको सभाहलमा बजेट वक्तव्य सार्वजनिक गरिरहेका छन् । यसअघि आजै बिहान प्रदेश प्रमुखले बजेटसँग सम्बन्धित दुईवटा अध्यादेश जारी गरेका थिए ।