आज: २४ बैशाख २०८१, सोमबार | Mon, 06, May, 2024

प्रदेशसभा छलेर कोशी प्रदेशले ल्यायो अध्यादेशबाट बजेट

गोकर्णेश्वर खबर३२ जेष्ठ २०८०, बिहीबार १४:५७ मा प्रकाशित (१0 महिना अघि) ३४ पाठक संख्या

विराटनगर । अल्पमतमा परेपछि चल्दाचल्दैको बर्खे अधिवेशन अन्त्य गरेको कोशी प्रदेश सरकारले बिहीबार बजेट अध्यादेश जारी गरेको छ।

बुधबार नीति तथा कार्यक्रम पेश गरेपछि प्रदेशसभाको बजेट अधिवेशन नै अन्त्य गरेको सरकारले बिहीबार अध्यादेश जारी गरेको हो। प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठका अनुसार प्रदेश प्रमुख परशुराम खापुङ्गले मन्त्रिपरिषदको सिफारिसमा कोशी प्रदेश आर्थिक अध्यादेश २०८० र कोशी प्रदेश विनियोजन अध्यादेश २०८० जारी गरेका हुन्।

सत्तासाझेदार माओवादी केन्द्र र जसपाले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेको सरकारले प्रदेशसभालाई छलेर अध्यादेशबाट बजेट जारी गरेको हो। आज साढे तीन बजे विराटनगरस्थित आर्थिक मामिला मन्त्रालयमा आर्थिक वर्ष २०८०(८१ को बजेट सार्वजनिक गर्ने कार्यक्रम तय छ।

अध्यादेशबाट बजेट ल्याउन मन्त्रिपरिषद्‌को सिफारिसमा प्रदेशसभाको चालू बजेट अधिवेशन बुधबार राति १२ बजेदेखि लागू हुने गरी अन्त्य गरिएको थियो।

जनता समाजवादी पार्टी र माओवादी केन्द्रले प्रदेश सरकारबाट समर्थन फिर्ता लिएपछि ९३ सदस्यीय प्रदेशसभामा सरकारको समर्थनमा सत्तारूढ एमालेका ४० र राप्रपाका ६ गरी ४६ मात्र सांसद छन्। प्रतिपक्षमा कांग्रेसका २९, माओवादीका १३, नेकपा एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीका १ जना गरी ४७ सांसद छन्।