आज: २६ बैशाख २०८१, बुधबार | Wed, 08, May, 2024

गोकर्णेश्वर- ९ का जनप्रतिनिधिले सुरु गरे आव ०८०/०८१ का लागि योजना संकलन

गोकर्णेश्वर खबर३२ जेष्ठ २०८०, बिहीबार ०९:१७ मा प्रकाशित (१0 महिना अघि) ४२ पाठक संख्या

काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं. ९ ले आर्थिक बर्ष २०८०/०८१ का लागि योजना संकलन सुरु गरेको छ । वडाले मंगलबार वडा भेला आयोजना गर्दै आव ०८०/०८१ का लागि का योजना संकलन सुरु गरेको हो ।

योजना संकलनमा वडा अध्यक्ष, वडा सदस्यहरु स्वयंम टोलटोलमा पुगेर योजना संकलन गरेका छन्।

गत सोमबार भगवतीथान, बहुउदेश्यीय सामुदायिक भवन, हातेमालो चोक, त्रीवेणी चोकमा वडा सदस्यहरु लक्ष्मी गुरुङ, उमेश चालिसे, श्रीकृष्ण कारञ्जित, गमला परियार योजना संकलनमा सहभागि रहेका थिए ।

 

मंगलबार वडा कार्यालयमा आयोजित योजना संकलन कार्यक्रममा वडा अध्यक्ष राजिव थापा लगायत वडा सदस्यहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा वडाका विभिन्न संघसंस्था टोलका प्रतिनिधिहरु सहभागि रहेका थिए ।