आज: २७ बैशाख २०८१, बिहीबार | Thu, 09, May, 2024

स्वर्गद्वारी मन्दिर दर्शन गरेर फर्कंदै गरेका तीर्थयात्री सवार कार दुर्घटना हुँदा ८ जनाको मृत्यु

गोकर्णेश्वर खबर३० जेष्ठ २०८०, मंगलवार ०८:४० मा प्रकाशित (११ महिना अघि) ३२ पाठक संख्या

प्युठान । प्युठानको स्वर्गद्वारी मन्दिर दर्शन गरेर दाङतर्फ फर्कंदै गरेका तीर्थयात्री सवार कार दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।

लु १ च ६३४५ नम्बरको निजी कार स्वर्गद्वारी नगरपालिका ४ भिङ्ग्रीकोटमा सडकबाट तल खसेर दुर्घटना भएको थियो ।

दुर्घटनामा परेर कारमा सवार सबै ८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका डीएसपी सुवास खड्काले जानकारी दिए ।

मृत्यु हुनेमा लमही नगरपालिका ५ का कार चालक ताराबहादुर कुमाल, लमही ७ बस्ने वर्ष ४० को गोविन्द शाह, उनकी श्रीमती वर्ष ३० की राधा नेपाली र छोरा वर्ष ९ को आदित्य शाह रहेका प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार तुल्सीपुर उपमहानगरपालिका-१५ बस्ने वर्ष ३५ की सरिता शर्मा पोख्रेल, उनका छोरा वर्ष १४ का विशाल पोख्रेल र वर्ष ९ का विकास पोख्रेल तथा घोराही उपमहानगरपालिका १५ का वर्ष ११ का शिशिर सुवेदीको पनि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रवक्ता प्रहरी निरीक्षक सुशील थापाले जानकारी दिए ।