आज: २५ बैशाख २०८१, मंगलवार | Tue, 07, May, 2024

प्रजातन्त्रमा संकट आउन नदिन कांग्रेस एकढिक्का हुनुको विकल्प छैन् : देउवा

गोकर्णेश्वर खबर२७ जेष्ठ २०८०, शनिबार १५:२७ मा प्रकाशित (११ महिना अघि) ७९ पाठक संख्या

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जुझारू र युवा नेतालाई उचित जिम्मेवारी दिन आफू प्रतिबद्ध रहेको बताएका छन् ।

शनिबार नेपाली कांग्रेस भक्तपुर जिल्ला कार्यसमितिले आयोजना गरेक सम्मेलनमा बोल्दै सभापति देउवाले योग्य र जुझारू नेताहरूलाई अगाडि बढाउने बारे आफू प्रतिबद्ध रहेको बताउँदै कांग्रेस एकजुट हुनुपर्ने बताएका हुन्।

उनले कांग्रेस जति सुदृढ हुन्छ त्यति नै प्रजातन्त्र बलियो हुने बताउँदै प्रजातन्त्रमा फेरि संकट आउन नदिन कांग्रेस एकढिक्का हुनुको विकल्प नरहेको बताए।

‘कांग्रेस जति बलियो र सक्षम हुन्छ। त्यति नै प्रजातन्त्र सुदृढ हुन्छ र फेरि संकट आउँदैन,’ उनले भने, ‘त्यसका निम्ति जिल्लाबाट सुरू भएको यो आन्दोलनले देशभरीनै संगठनलाई बलियो बनाउने र पार्टीलाई बलियो पार्छ।’

यसरी सबै जिल्लाका गाउँगाउँ र घरघरमा पार्टीको उपस्थिती हुनुपर्ने सभापति देउवाको भनाइ छ। यसो गरियो भने देशभर पार्टीको संगठन बलियो हुने उनले बताए।

उनले गठबन्धनकै कारण कांग्रेस सबैभन्दा ठूलो पार्टी बनेको पनि दाबी गरे।