आज: २६ बैशाख २०८१, बुधबार | Wed, 08, May, 2024

संसदमा प्रधानमन्त्रीलाई एमालेको पटक-पटक अवरोध

गोकर्णेश्वर खबर२२ जेष्ठ २०८०, सोमबार १५:४३ मा प्रकाशित (११ महिना अघि) ४८ पाठक संख्या

काठमाडौं । सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सांसदहरूले पटक(पटक अवरोध गरेका छन्।

नागरिकता विधेयक प्रमाणीकरणका सन्दर्भमा प्रधानमन्त्री प्रचण्डले प्रष्टीकरण दिइरहेका बेला सुरूमा एमाले सांसदले उठेर अवरोध गरेका थिए।

सभामुख देवराज घिमिरेले एमाले सांसद सूर्यबहादुर थापा क्षेत्रीलाई बोल्न दिएका थिए।

त्यसपछि प्रधानमन्त्री प्रचण्ड बोल्न थाल्दा फेरि एमाले सांसदहरू उठेका थिए। त्यसपछि सत्तापक्षका सांसदहरू पनि वादविवादमा उत्रिएका थिए।