आज: २६ बैशाख २०८१, बुधबार | Wed, 08, May, 2024

गोकर्णेश्वर ६ सर्वेश्वर शहरी स्वास्थ केन्द्रमा सिसि क्यामेरा जडान

गोकर्णेश्वर खबर२१ जेष्ठ २०८०, आईतवार १९:१८ मा प्रकाशित (११ महिना अघि) ४६६ पाठक संख्या

गोकर्णेश्वर नगरपालिका वडा  ६ सर्वेश्वर शहरी स्वास्थ केन्द्रमा सिसि क्यामेरा जडान गरिएको छ ।  प्रविधिको प्रयोगबाट अपराध न्यूनिकरण गर्ने उद्देश्यका साथ सिसिटिभि क्यामेरा जडान गरिएको वडा ६ का अध्यक्ष नवराज लामाले बताए ।

उनले सिसिटिभि क्यामेरा जडान गरेपछि विभिन्न खाले नकारात्मक गतिविधि नहुने बताए । उनले सबै गतिविधिहरुलाई रेकर्ड गर्न सकिने भएकाले अपराधका गतिविधिमा कमी आउने दावी गरे । क्यामेरा जडान पछि यस क्षेत्रमा शान्ति सुरक्षाको प्रत्याभूति गर्न सकिने बताए ।भिडियो