आज: २७ बैशाख २०८१, बिहीबार | Thu, 09, May, 2024

गोकर्णेश्वर ५ मा DWC पाईप बिस्तार कार्यको निरीक्षणमा : नगर प्रबक्ता तथा अध्यक्ष :सुवेदी

गोकर्णेश्वर खबर२१ जेष्ठ २०८०, आईतवार १८:२९ मा प्रकाशित (११ महिना अघि) ९९ पाठक संख्या

गोकर्णेश्वर नगरपालिका वडा न. ५ स्थित बिश्रान्ती तरकारी बजार देखी पञ्च मुखी हनुमान मन्दिर सम्म DWC पाईप बिस्तार कार्यको ाज निरीक्षण गरेको छ ।

विगत वर्षौं देखि पानीले त्यहा ठूलो भेल आउने र स्थानिय बासिन्दा र ब्यसायहरुलाई धेरै नै समस्या भइरहेको कारण गोकर्णेश्वर नगरपालिका नगर प्रबक्ता तथा वडा ५ का अध्यक्ष नारायण बहादुर सुवेदीको विशेष पहलमा , गोकर्णेश्वर नगरपालिकाका नगरप्रमुख दिपक रिसालको समन्वयमा गोकर्णेश्वर नगरपलिकाको आर्थिक सहयोगमा रु ७५,००,००० ( ७५लाख रुपैयाँ ) आकाशे पानीको समाधानको लागी DWC पाईप बिस्तार गरेको नगर प्रबक्ता तथा वडा ५ का अध्यक्ष नारायण बहादुर सुवेदीले जानकारी दिएको हो ।

निरीक्षणमा  नगर प्रवक्ता तथा ५ का वडाका वडा अध्यक्ष नारायण बहादुर सुवेदी , वडा सदस्य धर्म थिङ लामा लगायतको स्थानिय सरोकारवालाहरु उपस्थिति रहेको थियो ।