आज: २४ बैशाख २०८१, सोमबार | Mon, 06, May, 2024

गोकर्णेश्वर नगरपालिका वडा नं ९ को प्रशासनिक भवन उद्घाटन

गोकर्णेश्वर खबर१५ जेष्ठ २०८०, सोमबार २३:१५ मा प्रकाशित (११ महिना अघि) ९९ पाठक संख्या

गोकर्णेश्वर नगरपालिका वडा नं ९ को वडा कार्यलय भवनको  उद्घाटन  गरिएको छ । गणतन्त्र दिवसको अवसर पारेर सोमबार एक कार्यक्रमका बीच नव निर्मित भवनको  प्रतिनिधि सभा सदस्य सन्तोष चालिसेले  रिबन काटी भवन उद्घाटन गरेका हुन ।

करिब एक करोड २४ लाख रुपैयाको  लागतमा गोकर्णेश्वर नगरपालिका वडा नं ९ गणेश मन्दिर नजिकै निर्माण भएको तीन तले उक्त भवनमा १२ वटा कोठा रहको  छ।  वडा अध्यक्ष राजीव थापाको अध्यक्षतामा भएको उक्त  भवन उद्घाटन कार्यक्रममा  गोकर्णेश्वर नगरपालिका  उप प्रमुख सान्नानी लामा,  पूर्व नगर उप प्रमुख शान्ती नेपाल  वडा अध्यक्षहरु नवराज लामा, नन्दलाल श्रेष्ठ, मधु तामाङ, जयराम महत, मुरारी प्रसाद कुईकेल, केशव गुरुङ वडा नं ९ का वडा सदस्यहरु लक्ष्मी गुरुङ, गमला परियार, उमेश चालिसे  समाजसेवी सरिता  रिसाल  तथा विभिन्न वडाका वडा सदस्यहरु,  सहित स्थानीयको उपस्थिति रहेको कार्यक्रम संचालन   वडा सदस्य लक्ष्मी गुरुङले गरेकी  थिइन ।

अध्यक्षताको आसन बाट बोल्दै गोकर्णेश्वर नगरपालिका वडा नं ९ का वडा अध्यक्ष राजिब थापाले उपस्थित सबैलाई धन्यवाद दिदै वडा कार्यालयले सेवाग्राहीको चहाना अनुसार काम गरिरहेको जानकारी गराउदै आगामी दिनमा पनि सेवाग्राहीकै चाहना र लक्ष्य अनुसार काम गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए ।भवन निर्माण भए पछि सेवा प्रवाह झनै प्रभाबकारी हुने  बिश्वास ब्यक्त गरेका थिए ।

 

 

तस्बीरमा