आज: २७ बैशाख २०८१, बिहीबार | Thu, 09, May, 2024

चक्र स्मृति पाठशालामा नयाँ शैक्षिक शत्रबाट निःशुल्क शिक्षा

गोकर्णेश्वर खबर२९ चैत्र २०७९, बुधबार ०९:११ मा प्रकाशित (१ साल अघि) १०७ पाठक संख्या

२९ चैत, काठमाडौं । गोकर्णेश्वर ८ बेशिगाउँमा रहेको चक्र स्मृति पाठशालाले निःशुल्क पठनपाठन गर्ने भएको छ । विद्यालयले यही नयाँ शैक्षिक शत्रदेखि जिरोःशुल्कमा पठनपाठन शुरु गर्ने भएको हो । विद्यालय २०७२ सालको महाभुकम्पमा ज्यान गुमाएका समाजसेवी एवम सांसद चक्रबहादुर ठकुरीको स्मृतीमा स्थापना भएको थियो ।

विद्यालयका अध्यक्ष राजु सुनारका अनुसार शिक्षा महंगो भई सर्वसाधारणको पहुँच भन्दा बाहिर पुगिरहेको सन्दर्भमा सबैका लागि शिक्षामा पहुँच अभिवृद्धिका लागि निःशुल्क शिक्षाको कार्यक्रम लागू गरेको जानकारी दिए ।

गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता एवम वडाध्यक्ष नारायण बहादुर सुवेदीले अभियानको प्रशंसा गर्दै नगरपालिकाको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।

विद्यायमा हाल एक सय जना विद्यार्थी पढिरहेका छन् । कक्षा आठसम्मको अनुमति पाएको विद्यालयले नयाँ शत्रबाट थप एकसय जना विद्यार्थी भर्ना लिने लक्ष्य राखेको छ ।