आज: २५ बैशाख २०८१, मंगलवार | Tue, 07, May, 2024

बागमती प्रदेश सरकारमा नेपाली कांग्रेसका दुईजना मन्त्रीको शपथ

गोकर्णेश्वर खबर२६ चैत्र २०७९, आईतवार २०:०४ मा प्रकाशित (१ साल अघि) १०० पाठक संख्या

२६ चैत, हेटौंडा । बागमती प्रदेश सरकारमा नेपाली कांग्रेसका दुईजना मन्त्रीले शपथ लिएका छन् ।

आईतवार साँझ प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिं लामा र कांग्रेसकै तीर्थबहादुर लामाले प्रदेश मन्त्रीको शपथ लिएका हुन् ।

आज बहादुरसिं लामाले आर्थिक मामिला तथा योजना र तीर्थबहादुर लामाले खानेपानी, ऊर्जा तथा सिंचाई मन्त्रालयको जिम्वेवारी पाएका छन् ।