आज: २६ बैशाख २०८१, बुधबार | Wed, 08, May, 2024

गोकर्णेश्वर नगरपालिकाद्वारा ट्राफिक प्रहरीलाई रोड डिभाइडर हस्तान्तरण

गोकर्णेश्वर खबर२३ चैत्र २०७९, बिहीबार १२:२९ मा प्रकाशित (१ साल अघि) १२८ पाठक संख्या
गोकर्णेश्वर नगरपालिकाद्वारा महानगरीय ट्राफिक प्रहरी वृत्त बौद्धलाई रोड डिभाइडर हस्तान्तरण गरेको छ ।
नगरपालिकाले सडक सुरक्षाका लागि विभिन्न स्थानमा डिभाईडर राखेको छ । सुन्दरीजल ब्यारेक अगाडी, जोरपाटी चोक, अरब बैंक, नारायणटारमा सडक सुरक्षा र यातायात व्यवस्थापनका लागि डिभाईडर राखेको हो । आज डिभाईडर राख्ने कार्यक्रम नगर प्रमुख दीपक रिसाल, उपप्रमुख सान्नानी लामा, वडा अध्यक्ष नवराज लामा, युवा तथा खेलकुद बिकास समितिका अध्यक्ष : संजाय लामा, समाजसेवी कुमार लामा , शम्भु अधिकारी ,ट्राफिक कार्यालय नारायणटारका प्रमुख उपेन्द्र खरेल लगायतका व्यक्तित्वहरुको उपस्थितीमा भएको थियो । सो अवसरमा नगर प्रहरी, ट्राफिक प्रहरी र सामुदायिक प्रहरीको उपस्थिती रहेको थियो । नगरपालिकाले ट्राफिकसँग सहकार्य गर्दै ठूला डिभाईडर ३५ र साना टि सेफ्टी ८० वटा राख्ने भएको छ ।