आज: २७ बैशाख २०८१, बिहीबार | Thu, 09, May, 2024

लिटिल बड इङ्गलिस सेकेण्डरी स्कुलको २६ औँ वार्षिकोत्सव सम्पन्न

गोकर्णेश्वर खबर७ चैत्र २०७९, मंगलवार २०:२७ मा प्रकाशित (१ साल अघि) ९० पाठक संख्या

७ चैत, काठमाडौं । काठमाडौंको जोरपाटीस्थित लिटिल बड इङ्गलिस सेकेण्डरी स्कुलले आफ्नो २६ औँ वार्षिकोत्सव तथा अविभावक दिवस मनाएको छ ।

कार्यक्रम गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक कुमार रिसालको प्रमुख आतिथ्यता, नगर उपप्रमुख सान्नानी लामा, गोनपा ८ का वडा अध्यक्ष नन्दलाल श्रेष्ठ, विद्यालयका प्रिन्सिपल रुपेन्द्र पोखरेल, डाइरेक्टर नारद खड्काको विशेष आतिथ्यता तथा सुशासन समिति सदस्य तथा वडा सदस्य सुमन लामा, शिक्षा युवा तथा खेलकुद उपशाखा प्रमुख टेकेन्द्र प्रसाद ढकाल, त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक राम रिसाल, वाल्मिकी क्याम्पसका उपप्राध्यापक एल्मीरा भट्ट रिसाल, प्याब्सन गोकर्णेश्वरका अध्यक्ष दुर्गानाथ सिवाकोटी, छहारी शिक्षा सदनका प्रिन्सिपल अनिल पराजुली, लिवर्टी एकेडेमीका प्रिन्सिपल ओम प्रसाद ढकाल, भेनस पब्लिक स्कुलका प्रिन्सिपल नेत्र प्रसाद दाहाल, लिटल बड स्कूलका पूर्व प्रबन्ध संचालक छुकुतेम्बा शेर्पा लगायतका व्यक्तित्वहरुको आतिथ्यतामा भएको थियो ।

कार्यक्रममा विभिन्न क्षेत्रमा सहयोग पुर्याउनु भएका व्यक्तित्वहरुलाई अभिनन्दन तथा कदर गरिएको थियो ।कार्यक्रममा विद्यालयका प्रिन्सिपल रूपेन्द्र पोख्रेलले विद्यालयको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा विद्यार्थीहरूले सामुहिक नृत्य र ऐतिहासिक झाँकी झल्काउने नृत्य लगायतका प्रतिभा प्रदर्शन गरेका थिए । हास्य कलाकार सुमन कार्कीको समेत एकल प्रहसन प्रस्तुती रहेको थियो । कार्यक्रममा कक्षा १० का विद्यार्थीहरुलाई बिदाई गरिएको थियो ।

कार्यक्रममा विद्यालयका सञ्चालकहरू ओमबहादुर खत्री, ऋषि भण्डारी, उमेश खड्का, सिताराम भट्टराई, शोभाकुमारी भट्टराई, सकुन्तला बस्नेत, रमा श्रेष्ठ र मिलन खड्काको उपस्थिति थियो ।

कार्यक्रममा प्लस–टू प्रोग्राम संयोजक गणेश अधिकारी, विद्यालयका इञ्चार्ज प्रकाश कार्की, परीक्षा संयोजक राजकुमार विक, अतिरिक्त क्रियाकलाप संयोजक बिवेक क्षेत्री, प्रि–स्कुल इञ्चार्ज माया तिम्सिनालगायत विद्यालयका शिक्षक–शिक्षिका, कर्मचारीहरू र विद्यार्थीहरूको उल्लेख्य सहभागिता थियो ।

समारोहमा नगर प्रमुख दीपक रिसाल, उपप्रमुख सान्नानी लामा, जिल्ला प्याब्सन काठाडौंका वरिष्ठ उपाध्यक्ष नवराज भट्ट, गोकर्णेशवर नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा अधिकृत टेकेन्द्र ढकाल र गोर्णेश्वर नगर प्याब्सनका अध्यक्ष दुर्गानाथ सिवाकोटीलगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रम सञ्चालन सहायक प्रधानाध्यापक शर्मिला महर्जनले गरेकी थिइन् ।