आज: २३ बैशाख २०८१, आईतवार | Sun, 05, May, 2024

परिसंघले चैत ११ र १२ गते महिला नेतृत्व शिखर सम्मेलन गर्ने 

गोकर्णेश्वर खबर६ चैत्र २०७९, सोमबार १९:३७ मा प्रकाशित (१ साल अघि) ५७ पाठक संख्या

६ चैत, काठमाडौं । नेपाल उद्योग परिसंघले चैत ११ र १२ गते महिला नेतृत्व शिखर सम्मेलन गर्ने भएको छ ।

काठमाडौंमा सोमबार पत्रकार सम्मेलन गर्दै परिसंघ महिला नेतृत्व मञ्चको संयोजनमा काठमाडौंमा दुईदिने अन्तर्राष्ट्रिय सम्मेलन गर्न लागेको जानकारी दिएको हो ।

सम्मेलनमा नेतृत्वमा महिला, अर्थतन्त्रमा महिलाको योगदान र परिवर्तनका संवाहक महिला विषयमा छुट्टै छलफल हुनेछ । सम्मेलनमा भारत, पाकिस्तान, श्रीलंका, बंलादेश, भुटान, माल्दिस र जर्मनीलगायत मुलुकका राजनीति, आर्थिक समाजिक व्यक्तिहरुको सहभागिता रहने छ ।

सम्मेलनमा सामाजिक र सूचना प्रविधि क्षेत्रमा उच्च योगदान पुर्‍याएका दुई महिलालाई सम्मान गरिनेछ । त्यस्तै, उद्यमशीलता प्रवर्द्धनका लागि महिला उद्यमीहरुबाट उत्पादित स्वदेशी वस्तुहरुको प्रदर्शनी हुनेछ ।