आज: २६ बैशाख २०८१, बुधबार | Wed, 08, May, 2024

गोकर्णेश्वर २ मा अपांगता भएका नागरिकहरुलाई सम्मान 

गोकर्णेश्वर खबर१ चैत्र २०७९, बुधबार १९:४९ मा प्रकाशित (१ साल अघि) ६९ पाठक संख्या

१ चैत, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं. २ ले सामाजिक सुरक्षा भक्ता प्राप्त गर्ने पूर्ण र अतिअशक्त अपांगता भएका नागरिकहरुलाई सम्मान गरेको छ ।

बुधबार वडा कार्यालयको सभाहलमा भएको कार्यक्रममा वडा अध्यक्ष मधु तामाङले प्रति व्यक्ति दैनिक प्रयोग हुने थर्मस, हटकेस लगायतका विभिन्न ७ थरी सामग्री हस्तान्तरण गरेका थिए । सदस्य माया तामाङको अध्यक्षता तथा वडा अध्यक्ष मधु तामाङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वडा सदस्यहरु कृष्णहरी श्रेष्ठ, सुनिल कुमार गिरी, सरस्वती सुनार, वडा सचिव रुक बहादुर श्रेष्ठको आतिथ्यता रहेको थियो ।

वडा अध्यक्ष मधु तामाङले स्थानीय सरकारले अपांगता भएका नागरिकप्रति गर्नुपर्ने दायित्व पुरा गर्ने बताए ।

यस कार्यक्रम अन्र्तगत वडामा सुचिकृत पूर्ण र अतिअशक्त अपांगता भएका नागरिकलाई सम्मान गरिने वडा सदस्य माया तामाङले बताईन् ।

कार्यक्रम सञ्चालन केदार नेपालले गरेका थिए ।