आज: २७ बैशाख २०८१, बिहीबार | Thu, 09, May, 2024

सुन्दरीजल स्थित देउराली–ओख्रेनी सडक खण्डको ढलान अनुगमन 

गोकर्णेश्वर खबर३० फाल्गुन २०७९, मंगलवार ०९:०९ मा प्रकाशित (१ साल अघि) १३४ पाठक संख्या

३० फागुन, काठमाडौं । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्र पर्ने सुन्दरीजल देउरालीमा बाटो ढलान निर्माण कार्यको अनुगमन भएको छ । सोमबार गोकर्णेश्वर नगरपालिकाका उपमेयर सान्नानी लामा सहितको टोलीले बाटो ढलानको अनुगमन गरेको हो ।

गोकर्णेश्वर नगरपालिका वडा नं. १ सुन्दरीजल स्थित देउराली–ओख्रेनी खण्डमा उपमेयर सान्नानी लामा सहित वडा अध्यक्ष द्वारिका श्रेष्ठ, वडा सदस्यहरु केशव प्रसाद सिंखडा, श्रीकृष्ण तामाङको टोलीले अनुगमन गरेको थियो ।

नगरस्तरीय वडाको ५५ लाख बजेटबाट उपभोक्ता समिति मार्फत बाटो ढलान भईरहेको वडा अध्यक्ष द्वारिका श्रेष्ठले जानकारी दिए । ५५ लाखबाट यस खण्डमा २५४ मिटर ढलान हुनेछ ।