आज: २५ बैशाख २०८१, मंगलवार | Tue, 07, May, 2024

दैलेख केन्द्रविन्दु भएर भुकम्प

गोकर्णेश्वर खबर२९ फाल्गुन २०७९, सोमबार २२:३४ मा प्रकाशित (१ साल अघि) ३२ पाठक संख्या

काठमाडौं । दैलेख जिल्लाको रानीवान केन्द्रविन्दु भएर भुइँचालो गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार सोमबार साँझ ६ बजेर ५६ मिनेट जाँदा दैलेख जिल्लाको रानीवान केन्द्रविन्दु भएर ४.१ रेक्टर स्केलको भुइँचालो गएको हो।

यसअघि यही फागुन २१ गते अछाम र काभ्रेपलाञ्चोक केन्द्रविन्दु भएर दुई वटा भूकम्प गएको थियो।