आज: २३ बैशाख २०८१, आईतवार | Sun, 05, May, 2024

७ महिनामा देशले करिब ७ खर्ब रुपैयाँ बढ्यो रेमिट्यान्स 

गोकर्णेश्वर खबर२८ फाल्गुन २०७९, आईतवार १४:४९ मा प्रकाशित (१ साल अघि) ३६ पाठक संख्या

२८ फागुन, काठमाडौं । ७ महिनामा देशले करिब ७ खर्ब रुपैयाँ रेमिट्यान्स प्राप्त गरेको छ । अघिल्लो आर्थिक वर्षको ७ महिनाको तुलनामा देशले २७.१ प्रतिशत बढी रेम्यिान्स भित्राएको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार माघ मसान्तसम्म ६ खर्ब ८९ अर्ब ८८ करोड रुपैयाँ बराबरको रेमिट्यान्स नेपाल भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ४।४ प्रतिशतले घटेको थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह १६.४ प्रतिशतले वृद्धि भइ ५ अर्ब ३० करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ५.३ प्रतिशतले घटेको थियो ।

केन्द्रीय बैंकका अनुसार असोज मसान्तसम्म देशमा २ खर्ब ८१ अर्ब ५ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । त्यसयता कात्तिकमा ९७ अर्ब, मंसिरमा १ खर्ब २ अर्ब, पुसमा १ अर्ब ५ अर्ब र माघमा १ खर्ब ५ अर्ब रुपैयाँ रेमिट्यान्स प्राप्त भएको छ ।