आज: २६ बैशाख २०८१, बुधबार | Wed, 08, May, 2024

सिन्धुलीको फिक्कल कुइभिरमा बस दुर्घटना, ५ को मृत्यु

गोकर्णेश्वर खबर२८ फाल्गुन २०७९, आईतवार १४:३१ मा प्रकाशित (१ साल अघि) ३७ पाठक संख्या

२८ फागुन, काठमाडौं । सिन्धुलीको फिक्कल गाउँपालिका वडा नम्बर ४ कुइभिरमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।

ओखलढुंगाबाट काठमाडौं आउँदै गरेको बा २ ख ६५९६ नम्बरको बस आज बिहान ९ः१५ बजे दुर्घटना भएको हो ।

दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनाको बेला बसमा २९ जना यात्रु थिए । ती मध्ये १९ जना घाइते भएका छन् । उनीहरूलाई उद्धार गरी उपचारका लागि खुर्कोटको अस्पतालमा पठाइएको छ ।

यसैगरी, प्रधानमन्त्री प्रचण्डले दुर्घटनाका मृतकहरूप्रति भावपूर्ण श्रद्धा सुमन व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामनासहित उद्धार कार्य प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।