आज: २३ बैशाख २०८१, आईतवार | Sun, 05, May, 2024

गोकर्णेश्वरका महिलाको आर्थिक–सामाजिक सशक्तिकरणमा जोड 

गोकर्णेश्वर खबर२८ फाल्गुन २०७९, आईतवार ०९:३५ मा प्रकाशित (१ साल अघि) १३६ पाठक संख्या

२८ फागुन, काठमाडौं । गोकर्णेश्वर नगरपालिकामा रहेका संघसंस्थाको आर्थिक–सामाजिक सशक्तिकरणमा जोड दिईएको छ । शनिबार सिर्जनशील तयारी उद्योगको आयोजनामा शनिबार तन्नामा बुट्टा भर्ने (प्याचवर्क) सम्वन्धि २० दिने तालिमको समापन तथा प्रदर्शनी कार्यक्रमलाई सम्बोधन गर्दै जनप्रतिनिधिले सो जोड दिएका हुन् ।

गोकर्णेश्वर नगरपालिकामा रहेका आर्थिक, सामाजिक रुपमा कमजोर वर्गको स्तर माथि उठाउन र महिला सशक्तिकरणका लागि धेरै किसिमका तालिमहरु भईसकेकाले आगामि दिनमा उत्पादनमुखी र आर्थिक स्तर सुधार गर्ने कार्य गर्न सरोकारवालाले महिला समुहलाई ध्यानाकर्षण गराएका छन् ।

संघीय सांसद सन्तोष चालिसेले तालिम मात्र लिएर महिलाको आर्थिक अवस्थामा सुधार नहुने भएकोले संस्थागत रुपमै व्यवासायिक गर्न आग्रह गरे ।

वागमति प्रदेशसभा सदस्य विमल ठकुरीले तिनै तहका सरकारसँग सहकार्य गरेर गोकर्णेश्वर नगरपालिका र काठमाडौं क्षेत्र नं. ३ का महिलाहरुको विकासमा कार्यक्रम, योजना ल्याउने प्रतिवद्धता व्यक्त गरे ।

यसैगरी, गोकर्णेश्वर नगरपालिकाका मेयर दीपक रिसालले नगरपालिकाले महिलालाई सहयोग पुग्ने विभिन्न सेवा तालिमहरु दिईरहेकोले त्यसबाट धेरै महिला लाभान्वित हुने बताए । उनले व्यवसायिक रुपमा अगाडी बढ्न महिला समुहलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उपमेयर सान्नानी लामाले महिलाको विकास विनाको आर्थिक सामाजिक विकास हुन नसक्ने भएकोले तालिम लिएका दिदिबहिनी, समुहहरुले उत्पादनमुखी र आयआर्जन हुने काम गर्न चाहे नगरपालिकाले सहयोग गर्ने बताईन् ।

कार्यक्रमलाई पूर्व उपमेयर शान्ति नेपाल, गोनपा ८ का वडा अध्यक्ष नन्दलाल श्रेष्ठ, गोनपा ४ का वडा अध्यक्ष जयराम महत लगायतले सम्बोधन गरेका थिए ।

कार्यक्रममा गोनपा ९ का वडा अध्यक्ष राजिव थापा, गोनपा ८ का पूर्व वडा अध्यक्ष मनोज कुमार ढुंगाना, बौद्धनाथ विकास समितिका सदस्य जानुका भण्डारी, समाजसेवी भावना ठकुरी, अमृत खड्का, सरिता रिसाल लगायतका व्यक्तित्वहरु तथा विभिन्न महिला समुहका पदाधिकारी, प्रतिनिध तथा सदस्यहरुको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा शर्मिला पण्डित र सरिता लामालाई नगर प्रमुख र उपप्रमुखको हातबाट सिलाई मेशिन वितरण गरिएको थियो । कार्यक्रममा स्वागत मन्तव्य राता देवि फुयालले गरेकी थिईन् । तालिमको प्रशिक्षक सुनिता कार्की रहेकी छिन् । कार्यक्रम सञ्चालन उर्मिला सापकोटाबाट थियो ।

कार्यक्रममा महिलाले तालिम लिएर उत्पादन गरेका विभिन्न प्याचवर्क लगायतका सामग्रीहरुको प्रदर्शनी समेत गरिएको थियो ।