आज: २७ बैशाख २०८१, बिहीबार | Thu, 09, May, 2024

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलबाट बिपी संग्रहालय भ्रमण (फोटोफिचर)

गोकर्णेश्वर खबर२६ फाल्गुन २०७९, शुक्रबार १३:२३ मा प्रकाशित (१ साल अघि) १२८ पाठक संख्या

२६ फागुन, काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले सुन्दरीजल स्थित बिपी संग्रहालयक भ्रमण गरेका छन् । आज पशुपति, गुह्येश्वरी मन्दिर दर्शन पछि नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले सुन्दरीजल स्थित बिपी संग्रहालयको भ्रमण गरेका हुन् ।

नवनिर्वाचित राष्ट्रपति पौडेलले संग्रहालयमा रहेको विश्वेश्वर प्रसाद कोइराला, गणेशमान सिंह, कृष्ण प्रसाद भट्टराई, रामनारायण मिश्र, दिवानसिंह राई र योगेन्द्रमान शेरचनको शालिकमा माल्यार्पण गरेका छन् । पौडेलले बिपी संग्रहालय परिसरमा रुद्राक्षको बिरुवा समेत रोपेका छन् । पौडेललाई संग्रहालयका अध्यक्ष परशुराम पोखरेल, वागमति प्रदेश सभा सदस्य विमल ठकुरीले स्वागत गरेका थिए ।

कार्यक्रममा नेपाली कांग्रेस गोकर्णेश्वर नगर सभापति कुमार लामा लगायत स्थानीय कार्यकर्ता तथा स्थानीय वासिन्दाहरुको समेत उपस्थिती रहेको थियो ।