आज: २७ बैशाख २०८१, बिहीबार | Thu, 09, May, 2024

३ महिने अनौपचारिक प्रौढ शिक्षा कार्यक्रम समापन

गोकर्णेश्वर खबर२३ फाल्गुन २०७९, मंगलवार २३:१९ मा प्रकाशित (१ साल अघि) ४८ पाठक संख्या

२३ फागुन, काठमाडौं । गोकर्णेश्वर नगरपालिकाको आर्थिक सहयोगमा बेसीगाउँ नेवाः महिला समुहद्वारा सञ्चालित फोहोरमैला व्यवस्थापन सम्वन्धि तीन दिने तालिम र ३ महिने अनौपचारिक प्रौढ शिक्षा कार्यक्रम सम्पन्न भएको छ । मंगलबार छहारी युवा क्लबको सभा हलमा आयोजना भएको कार्यक्रम संस्थाका अध्यक्ष सावित्रि श्रेष्ठको अध्यक्षता तथा गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दीपक रिसालको प्रमुख आतिथ्यता र उपप्रमुख सान्नानी लामाको विशिष्ठ आतिथ्यतामा भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै नगर प्रमुख रिसालले नगरपालिकाले शिक्षाको विकासलाई प्राथमिकतामा राखेकोले सबैको लागि शिक्षाको सुविधा दिने कार्यक्रम राखेको बताए ।

नगर उपप्रमुख सान्नानी लामाले अनौपचारिक प्रौढ शिक्षाले निरक्षर तथा पढ्ने अवसर नपाएकाहरुलाई पढ्ने अवसर दिने भएकोले शिक्षाको उज्यालोबाटै उज्वल भविष्य बन्ने कुरा बुझेर शिक्षा लिनु पर्नेमा जोड दिईन् ।

गोनपा ८ का वडा अध्यक्ष नन्दलाल श्रेष्ठले शिक्षाको विकासका लागि सबै वर्गसँग सहकार्य गर्न वडा तयार रहेकोमा जोड दिंदै सीप मुलक र उत्पादनमुलक काममा अगाडी बढेमात्र जीवन सहज हुने बताए ।

कार्यक्रममा गोनपा ८ का वडा अध्यक्ष नन्दलाल श्रेष्ठको विशेष आतिथ्यता तथा सुशासन समितिका सदस्य तथा गोनपा ८ का वडा सदस्य सुमन लामा, कार्यपालिका सदस्य सोविता मिजार, समाजसेवी दीपक सिंह भण्डारी, कुमार श्रेष्ठ, कमला राजचल, मञ्जु पुन लम्साल, प्रशिक्षक ऋतु लामा लगायतका व्यक्तित्वहरुको आतिथ्यता रहेको थियो । कार्यक्रममा तालिमममा सहभागिहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।