आज: २७ बैशाख २०८१, बिहीबार | Thu, 09, May, 2024

गोकर्णेश्वर ९ मा एसईई दिने विद्यार्थीहरुका लागि आयोजित ओरिएन्टेसन सम्पन्न

गोकर्णेश्वर खबर२३ फाल्गुन २०७९, मंगलवार २२:५८ मा प्रकाशित (१ साल अघि) ८७ पाठक संख्या

२३ फागुन, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं. ९ को आयोजनामा आज एसईई दिने विद्यार्थीहरुलाई ओरिएन्टेसन कार्यक्रम आयोजना भएको छ । गोकर्णेश्वर नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद उपशाखा प्रमुख टेकेन्द्र प्रसाद ढकालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम गोनपा ९ का वडा अध्यक्ष राजिव थापाको सभापतित्वमा भएको थियो ।

एसईई दिने विद्यार्थीहरुलाई मानसिक रुपमा बलियो बनाई आत्म विश्वास बढाउन कार्यक्रम आयोजना गरेको वडा अध्यक्ष राजिव थापाले बताए ।

कार्यक्रममा वडा सदस्यहरु लक्ष्मी गुरुङ, श्रीकृष्ण कारञ्जित, उमेश चालिसे, गमला कुमारी परियार, शिक्षासेवीहरु हरिकृष्ण श्रेष्ठ, कृष्ण प्रसाद नेपाल, अमर बहादुर गिरी, अर्जुन प्रसाद दंगाल, प्रकाश नगरकोटी लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा विषय विज्ञहरु वाशुदेव बोगटी (गणित), गोपीचन्द्र पौडेल (विज्ञान), महेन्द्र विष्ट (सामाजिक अध्ययन), राजेन्द्र न्यौपाने (उत्प्रेरक वक्ता) लगायतको आतिथ्यता तथा विभिन्न विद्यालयबाट आएका शिक्षक शिक्षिका र उल्लेख्य संख्यामा विद्यार्थीहरुको सहभागि भएका छन् ।

मंगलबार आरुबारी ब्यांकेटमा भएको कार्यक्रममा ५ विद्यालयका करिब २४० जना विद्यार्थीहरुले भाग लिएका थिए ।