आज: २७ बैशाख २०८१, बिहीबार | Thu, 09, May, 2024

लिबर्टी एकेडेमीको ८ औ अभिभावक दिवश सम्पन्न 

गोकर्णेश्वर खबर२१ फाल्गुन २०७९, आईतवार ०८:४७ मा प्रकाशित (१ साल अघि) ८४ पाठक संख्या

२० फागुन, गोकर्णेश्वर । गोकर्णेश्वर ८ आत्तरखेलका रहेको लिबर्टी एकेडेमीको आठौं अविभावक दिवस सम्पन्न भएको छ । गोकर्णेश्वर ८ आत्तरखेलका रहेको लिबर्टी एकेडेमीको आठौं अविभावक दिवसको अवसरमा विद्यार्थीहरुले गायन तथा सामुहिक नृत्यहरुका साथै विभिन्न प्रस्तुती दिएका थिए ।

कार्यक्रम गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दीपक रिसालको प्रमुख आतिथ्यता, प्रिन्सिपल ओम प्रसाद ढकालको अध्यक्षता तथा विभिन्न शैक्षिक संस्थाका पदाधिकारी प्रतिनिधिहरुको आतिथ्यता तथा उल्लेख्य संख्यामा अविभावकहरुको उपस्थितीमा भएको थियो ।

प्रमुख अतिथि दिपक रिसालले लिबर्टी एकेडेमीले विगत १७ वर्ष देखि गुणस्तरीय शिक्षाका लागि कार्य गर्दै आएको स्मरण गर्नु हुँदै विद्यालय यस वर्ष नेपाल सरकारको एइइ परिक्षामा काठमाण्डौमा तेस्रो र गोकर्णेश्वर नगर पालिकालाई पहिलो भएकोमा विद्यालय परिवारलाई बधाई दिएका थिए ।

कार्यक्रममा विद्यालयमा भएको एक हप्ते खेलकुद प्रतियोगितामा विजेताहरु तथा विद्यालयमा उत्कृष्ठ विद्यार्थीहरुलाई प्रमाण पत्र पुरस्कार वितरण गरिएको थियो ।

कार्यक्रममा विद्यार्थीहरुले नृत्य, गायन लगायतका प्रस्तुतिका साथै नालापानीमा विरहरुको गाथा रहेको देशभक्ती झल्काउने गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।