आज: २६ बैशाख २०८१, बुधबार | Wed, 08, May, 2024

वडा अध्यक्ष लामाको पहलमा जोरपाटीमा पोर्टेबल शौचालय सञ्चालनमा

गोकर्णेश्वर खबर१८ फाल्गुन २०७९, बिहीबार ११:१३ मा प्रकाशित (१ साल अघि) ४५ पाठक संख्या

१८ फागुन, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं. ६ जोरपाटीमा वडा अध्यक्ष नवराज लामाको पहलमा राखिएको पोर्टेबल सार्वजनिक शौचालय सञ्चालनमा आएको छ । शौचालय नयाँ वडा कार्यालय भवनसँगै सुन्दरीजल जाने बसस्टपमा रहेको छ । नेपाल प्रहरी श्रीमती संघपोर्टेबल सार्वजनिक शौचालय बुधबार हस्तान्तरण गरेको छ ।

नेपाल प्रहरी श्रीमती संघको सहयोगमा निर्माण भएको २ थान शौचालय नगर प्रमुख दीपक रिसाललाई संघका अध्यक्ष कुसुमलता सिंहले हस्तान्तरण गगरिन् । बुधबार वडा कार्यालयको सभाहलमा आयोजित शौचालय हस्तान्तरण तथा शुभारम्भ कार्यक्रम फाईल हस्तान्तरण गरेर भएको थियो ।

गोकर्णेश्वर न.पा. का नगर प्रमुख दिपक कुमार रिसालको प्रमुख आतिथ्यता, तथा उप प्रमुख सान्नानी लामाको विशिष्ठ आतिथ्यतामा भएको कार्यक्रम नेपाल प्रहरी श्रीमति संघका अध्यक्ष कुसुम लता सिंहको सभापतित्वमा भएको थियो भनें कार्यक्रममा गोकर्णेश्वर न.पा. वडा नं. ६ का वडा अध्यक्ष नवराज लामाको विशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै नगर प्रमुख दीपक रिसालले नेपाल प्रहरी श्रीमती संघलाई धन्यवाद व्यक्त गर्नु हुँदै काठमाडौंमा यात्रीलाई शौचालय पाउन गाह्रो हुने समस्या बारे चर्चा गर्दै जोरपाटी चोकमा राखिएको शौचालय धेरै मासिसले प्रयोग गर्न सक्ने भएकोले यात्रिलाई धेरै सुविधा पुग्ने बताए ।

यसैगरी, नगर उपप्रमुख सान्नानी लामाले जोरपाटी क्षेत्रमा सार्वजनिक शौचालय धेरै आवश्यक भएकोले सहयोगका लागि नेपाल प्रहरी श्रीमती संघलाई धन्यवाद दिईन् । उपप्रमुख लामाले नगरपालिका क्षेत्रमा शान्ति सुरक्षा लगायत क्षेत्रमा प्रहरीसँग सहकार्य भईरहेकोले अन्य विभिन्न क्षेत्रमा हुने सहकार्यले समाजमा धेरै सेवा सुविधा बढाउन सकिनेमा जोड दिईन् ।

वडा अध्यक्ष नवराज लामाले गोकर्णेश्वर नगरपालिकाका विभिन्न स्थानमा सार्वजनिक शौचालय आवश्यक रहेकोबारे ५ वर्ष अगाडी देखि जनप्रतिनिधिका रुपमा सोचेको बताउर्दै अहिले नगरपालिकाको सबैभन्दा व्यस्त ठाउँमा राख्न सफल भएकोमा खुसी व्यक्त गरे । उनले सहयोगका लागि नेपाल प्रहरी श्रीमती संघलाई धन्यवाद दिंदै पर्यटकीय क्षेत्र सुन्दरीजलका लागि बसपार्कमा पोर्टेबल सार्वजनिक शौचालय बनाउन पहल गर्न संघलाई आग्रह गरे ।

कार्यक्रममा महानगरीय प्रहरि बृत्त बौद्धका प्रमुख हरि बहादुर बस्नेत, जोरपाटी ट्राफिक प्रहरी प्रमुख उपेन्द्र खरेल, वडा सदस्यहरु मञ्जु पुडासैनी, बसन्ती नगरकोटी, प्रेम बहादुर खड्का, वडा नं. १ का वडा सदस्य तथा न्यायिक समिति सदस्य केशव सिंखडा, गोनपा ६ का वडा सचिव चन्द्रप्रभा उपाध्याय, यूवा तथा खेलकुद समिति संयोजक सञ्जय लामाको आतिथ्यता रहेको थियो भनें कार्यक्रम संचालक गोनपा ६ का वडा सदस्य बच्चुराम शर्मा कुईकेलले गर्नु भएको थियो । शौचालय सरसफाई र व्यवस्थापनका लागि एक जना राखिएको वडा अध्यक्ष नवराज लामाले गोकर्णेश्वर खबरलाई जानकारी दिनु भयो ।