आज: ३० बैशाख २०८१, आईतवार | Sun, 12, May, 2024

ग्लोकल नेपाल मिडियाले आयोजना गरेको ५ दिने तालिम सम्पन्न 

गोकर्णेश्वर खबर१४ फाल्गुन २०७९, आईतवार १७:४३ मा प्रकाशित (१ साल अघि) २६ पाठक संख्या

१४ फागुन, काठमाडौं । ग्लोकल नेपाल मिडियाले आयोजना गरेको ५ दिने तालिम समापन भएको छ । आज गोकर्णेश्वरका नगर उपप्रमुख सान्नानी लामाको प्रमुख आतिथ्यतामा अत्तरखेलमा भएको कार्यक्रममा सहभागिहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

ग्लोकल नेपाल मिडियाले आयोजना गरेको माईन्युट, प्रस्ताव तथा प्रतिवेदन लेखन तालिममा ५० जनाको सहभागिता रहेको थियो । कार्यक्रम नगर उपप्रमुख सान्नानी लामाको प्रमुख आतिथ्यता तथा गोनपा ८ का वडा अध्यक्ष नन्दलाल श्रेष्ठको विशेष आतिथ्यता तथा सुशासन समिति तथा वडा सदस्य सुमन लामाको आतिथ्यतामा भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख लामाले महिला सशक्तिकरण र नेतृत्व विकासका लागि तालिमहरु महत्वपूर्ण रहनेमा जोड दिंदै तालिम पछि त्यसको सदुपयोग गर्न सहभागिहरुलाई आग्रह गरिन् ।

यसैगरी, वडा अध्यक्ष नन्दलाल श्रेष्ठले संस्थागत विकासका लागि तालिमको विषय महत्वपूर्ण भएकोले तालिममा सहभागिहरुले संस्थागत विकासका लागि धेरै काम गर्न सक्नेमा जोड दिए । सुशासन समिति सदस्य सुमन लामाले तालिममा सिकेको ज्ञान र सिप व्यवहारिक रुपमा उतार्न सके सामाजिक विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

गोकर्णेश्वर नगरपालिकामा सामाजिक संघसंस्थाको क्षमता अभिवृद्धिका लागि भएको ५ दिने तालिममा सामाजिक अभियन्ता तथा पत्रकार भिम लामा, अधिवक्ता हिरा बहादुर तामाङ, पत्रकार रवि रिमाल लगायतले माईन्युट, प्रस्ताव तथा प्रतिवेदन लेखन सम्वन्धि तालिम दिएका थिए । गोकर्णेश्वर नगरपालिकाको सहयोगमा सञ्चालित तालिम फागुन १० गते शुरु भई आज आईतबार सम्पन्न भएको हो ।