आज: २४ बैशाख २०८१, सोमबार | Mon, 06, May, 2024

राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता, सरकारबाट पनि बाहिरिने 

गोकर्णेश्वर खबर१३ फाल्गुन २०७९, शनिबार १२:३७ मा प्रकाशित (१ साल अघि) २८ पाठक संख्या

१३ फागुन, काठमाडौं । राप्रपाले सरकारबाट बाहिरिने निर्णय गरेको छ। यस्तै प्रचण्डको नेतृत्वको सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ। पार्टी कार्यालय धुम्बाराहीमा बसेको राप्रपाको केन्द्रीय कार्य सम्पादन समिति र संसदीय दलको संयुक्त बैठकले सो निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

राप्रपाले परिवर्तित सन्दर्भमा राप्रपा सत्तामा रहिरहनु अनुपयुक्त हुने ठहर गर्दै आजबाटै सरकारलाई दिएको समर्थन फिर्ता लिई सरकारबाट बाहिरिने निर्णय गरेको छ।

राप्रपाले वर्तमान सत्ता सहकार्यमा आकस्मिक परिवर्तन भई मुलुक पुनः सत्ता केन्द्रित अस्थिरता तर्फ धकेलिएको निष्कर्ष पनि निकालेको छ । हाल देखिएको सत्ता परिवर्तनको यो प्रवृत्ति र प्रक्रिया वर्तमान संविधानको संरचनामा निहित अस्थिरताको स्वभाविक चरित्र भएको राप्रपाको ठहर छ ।