आज: २३ बैशाख २०८१, आईतवार | Sun, 05, May, 2024

नयाँ गठबन्धका तर्फबाट पौडेल र एमालेबाट नेम्बाङ राष्ट्रपतिको उम्मेदवार

गोकर्णेश्वर खबर१३ फाल्गुन २०७९, शनिबार १२:२० मा प्रकाशित (१ साल अघि) ३० पाठक संख्या

१३ फागुन, काठमाडौं । गठबन्धनमा सहमति भए पछि नेपाली कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिको उम्मेदवार बनाउने भएको छ। आज बिहान पार्टी कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

सत्तासीन माओवादी केन्द्रसहित आठ दलको शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले राष्ट्रपतिमा कांग्रेसलाई सघाउने निर्णय गरेको थियो। सोही अनुसार कांग्रेसको बैठकले उम्मेदवार तय गरेको हो।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकै नेतृत्वमा एमाले नेतृत्व गठबन्धन तोडिएको छ। राष्ट्रपतिको निर्वाचनको लागि निर्वाचनपछि बनेको नयाँ सत्ता समीकरणबाट माओवादी केन्द्र, जसपा, नाउपा, जनमतले गठबन्धनबाट हात झिकेका छन्। कांग्रेससहित पुरानो पाँचदलीय गठबन्धन ब्युँतिएको छ।

१४औं महाधिवेशनमा पार्टी सभापतिमा देउवालाई सहयोग गरेका पौडेल संसदीय दलको चुनावमा देउवाकै प्रस्तावक बसेका थिए। त्यतिबेलै पौडेललाई राष्ट्रपति बनाउने प्रतिबद्धता देउवाले जनाएपछि पौडेल प्रस्तावक बसेका थिए।

सुबास नेम्बाङ एमालेबाट राष्ट्रपतिको उम्मेदवार 

नेकपा एमालेले सुबास नेम्बाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने भएको छ। एमाले पार्टी कार्यालय च्यासलमा आज बिहान बसेको सचिवालय बैठकले उपाध्यक्ष सुवास नेम्बाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको सचिव योगेश भट्टराईले जानकारी दिए। भट्टराईले नेम्बाङले निर्वाचन जित्ने विश्वास व्यक्त गरेका छन्। नेम्बाङ पूर्व सभामुख समेत हुन्।

पुस १० मा एमालेसहित सातदलीय गठबन्धनबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएका थिए। बालकोटको उक्त सहमतिमा एमालेको भागमा राष्ट्रपति परेको थियो । तर राष्ट्रपति निर्वाचनमा प्रधानमन्त्री प्रचण्डले एमाले नेतृत्व गठबन्धन तोडेर नयाँ गठबन्धन बनाएका छन्।

यता नेपाली कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिको उम्मेदवार बनाउने भएको छ। आज बिहान पार्टी कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय भएको हो। सत्तासीन माओवादी केन्द्रसहित आठ दलको शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले राष्ट्रपतिमा कांग्रेसलाई सघाउने निर्णय गरेको थियो। सोही अनुसार कांग्रेसको बैठकले उम्मेदवार तय गरेको हो।

वर्तमान सरकारको गठबन्धनमा माओवादी केन्द्र, जसपा, राप्रपा, रास्वपा, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी छन्। राष्ट्रपतिको निर्वाचनको लागि यो गठबन्धनबाट माओवादी केन्द्र, जसपा, नाउपा, जनमतले गठबन्धनबाट हात झिकेका छन्।

कांग्रेससहित पुरानो पाँचदलीय गठबन्धन ब्युँतिएको छ।तर एमालेले भने गठबन्धन तोडिएको घोषणा नभएको बताएको छ। १० पुषमा एमालेले राष्ट्रपति पाउने सहमति भएकाले फागुन २५ गतेसम्ममा अहिलेको रणनीति परिवर्तन हुनसक्ने बताएको छ। २५ गते हुने निर्वाचनका लागि आज बिहान १० बजे देखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यतालिका रहेको छ।