आज: २४ बैशाख २०८१, सोमबार | Mon, 06, May, 2024

आकाशमै एयर होस्टेसलाई दुर्व्यवहार गरेको आरोपमा दुई पाइलट निलम्बित 

गोकर्णेश्वर खबर१२ फाल्गुन २०७९, शुक्रबार २०:१३ मा प्रकाशित (१ साल अघि) २० पाठक संख्या

१२ फागुन, काठमाडौं । नेपाल वायुसेवा निगमको उडान नम्बर आरए ४१६ बाट १२ साउनमा काठमाडौं फर्कँदै गर्दा आकाशमै एयर होस्टेसलाई ‘दुर्व्यवहार’ गरेको भन्दै नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले उक्त उडानका चालक दलका सदस्यहरूलाई निलम्बन गरेर छानबिन थालेको हो ।

प्राधिकरणका स्रोतका अनुसार क्याप्टेन र को–पाइलटले एयर होस्टेसलाई ककपिटमा बोलाएर उडान अवधिभर काखमा राखेको पाइएको छ ।

इनफ्लाइट सुपरभाइजरलाई ककपिटमा बोलाएर उडान अवधिभर काखमा राखेको र जहाज त्रिभुवन विमानस्थलमा अवतरण गर्दा समेत ती एयर होस्टेस आफ्नो जिम्मेवारीमा नफर्किएको भन्दै अन्य एयर होस्टेसले उजुरी दिएपछि निलम्बन गरेर अनुसन्धान थालिएको हो ।

वायु सेवाको कर्मचारी नियमावलीमा भएको आचरणसम्बन्धी व्यवस्थाअनुसार कारवाही गर्न निर्देशन भईसकेको छ ।