आज: २२ बैशाख २०८१, शनिबार | Sat, 04, May, 2024

नर्सिङ कोर्ष गरेका नेपालीलाई कुवेतमा रोजगारीको अवसर

गोकर्णेश्वर खबर६ फाल्गुन २०७९, शनिबार ०८:०० मा प्रकाशित (१ साल अघि) ३७ पाठक संख्या

६ फागुन, काठमाडौं । कुवेतका सरकारी स्वास्थ्य संस्थाहरुमा नेपाली कामदारको माग आएको छ ।

बसुन्धार स्थित ओमेगा इन्टरनेशनल प्रा.लि. मार्फत कुवेतमा नेपाली कामदार पठाउने भएको छ । नेपालमा बिएन र बिएस्सी नर्स कोर्ष गरी बसेका महिला तथा पुरुषहरुको लागि कुवेतबाट माग आएको हो । सिटी ग्रुप कम्पनीले डेण्डरमार्फत प्राप्त गरेको कुवेतको स्वास्थ्य मन्त्रालय अन्र्तगत सरकारी स्वास्थ्य संस्थाहरुमा नेपाली कामदारहरुको माग गरेको नेपाल स्थित ओमेगा इन्टरनेशनल प्रा.लि.ले जानकारी दिएको छ ।

कुवेतको सरकारी स्वास्थ्य संस्थामा नेपाली हेल्थ टेक्निसियनको माग 

कुवेत सरकारी स्वास्थ्य संस्थामा सेवा गर्नका लागि आवश्यक योग्यता पुगेको र न्यूनतम २ वर्ष अनुभव लिएको हुनेपर्ने कम्पनीले जनाएको छ । आकर्षक सेवा सुविधासहितको सिटी ग्रुपमार्फत कुवेतको कुवेत वेल कम्पनी (KOC) बाट नेपालका लागि यो माग पहिलो पटक आएको ओमेगा इन्टरनेसनल प्रा.लि.ले जनाएको छ ।