आज: २४ बैशाख २०८१, सोमबार | Mon, 06, May, 2024

रवि लामिछाने विरुद्धको जाहेरी दर्ता गर्नु नपर्ने निश्कर्ष 

गोकर्णेश्वर खबर३ फाल्गुन २०७९, बुधबार १३:२३ मा प्रकाशित (१ साल अघि) २९ पाठक संख्या

३ फागुन, काठमाडौं । सरकारी वकिल कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्धको जाहेरी दर्ता गर्नु नपर्ने निश्कर्ष निकालेको छ ।

लामिछानेले झुटो विवरण दिएर राहदानी लिएको भन्दै सिन्धुलीका युवराज पौडेल (सफल) ले जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएका थिए । तर प्रहरीले लामिछानेको नागरिकता मुद्दाको फैसलाको पूर्णपाठ सर्वोच्च अदालतबाट आइनसकेको भन्दै दर्ता गर्न अस्वीकार गरेको थियो ।

त्यसपछि उनले प्रहरीले जाहेरी दर्ता गर्न नमानेको भन्दै जिल्ला सरकारी वकिल कार्यालयमा निवेदन दिएका थिए । सरकारी वकिल कार्यालयले जिल्ला प्रहरी परिसर काठमाडौंमा छानबिन चलिरहेको सूचना आएको भन्दै जाहेरीमा केही गर्नुनपर्ने भन्दै थन्क्याउने निर्णय गरेको हो ।