आज: २३ बैशाख २०८१, आईतवार | Sun, 05, May, 2024

भुर्तेलको शतकमा नामिबियामाथि नेपालको एतिहासिक जित

गोकर्णेश्वर खबर२ फाल्गुन २०७९, मंगलवार १७:३२ मा प्रकाशित (१ साल अघि) २४ पाठक संख्या

२ फागुन, काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले विजयी सुरुवात गरेको छ।

नेपालले पहिलो खेलमा आज नामिबियालाई पराजित गरेको हो। नेपालले १४ बल बाँकी छदैँ २ विकेटले जित निकालेको हो।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नामेबियाले नेपाललाई २८६ रनको लक्ष्य दिएको थियो। जवाफी ब्याटिङमा उत्रेको नेपालले ४७.४ ओभरमा ८ विकेट गुमाउँदै २८७ रन जोड्यो।

नेपालको जितका लागि ओपनर कुशल भुर्तेलको शतकीय पारि खेलेभने करन केसीले ५ विकेट लिए।

सन्दीप लामिछानेले ३ विकेट लिँदा सोमपाल कामी र कुशल मल्लले समान १-१ विकेट लिए।

किर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा नेपालका लागि ओपनर कुशल भुर्तेलले ११३ बल खेल्दै ११५ रन जोडे।

यस विजयपछि नेपालले एकदिवसीय मान्यता जोगाई राख्ने आशालाई कायमै राखेको छ । नेपालले अब लिग-२ मा आफ्नो बाँकी रहेको ११ मध्येको ८ खेल जित्नु पर्नेछ । नेपाल २५ खेलमा २० अंकका साथ सात राष्ट्र सहभागी प्रतियोगिताको अंक तालिकाको छैटौं स्थानमा छ । नामिबिया ३१ खेलमा ३७ अंकका साथ तेस्रो स्थानमा छ ।

दोस्रो ओभरमै आसिफ शेख शून्यमा बोल्ड भए पनि नेपालले उत्कृष्ट ब्याटिङ प्रदर्शन गर्‍यो । ज्ञानेन्द्र मल्लले ३५ बलमा ४ चौकासहित २५ रन बनाए । रोहितले कप्तानी इनिङ्स खेले । उनले ७६ बलमा ७ चौका र ३ छक्का प्रहार गरी ७२ रन बनाए । कुशल मल्ल ६, दीपेन्द्रसिंह ऐरी ७ रनमै आउट भए ।

भुर्तेलले सन्दीप जोरासँग ४९ रनको साझेदारी गरे । ४ वर्षयता एकदिवसीय अन्तर्राष्ट्रियमा पहिलो खेल खेलिरहेका जोराले २४ बल खेल्दै ३ चौका र १ छक्कासहित २८ रन बनाए । करण १२ बलमा २० रन बनाई अविजित रहे । सन्दीप लामिछाने पहिलो बलमै आउट भए । सोमपाल कामीले पहिलो बलमै विजयी चौका प्रहार गरे । नामिबियाका रुबेन ट्रमपेलमानले १० ओभरमा ४८ रन खर्चेर तीन विकेट लिए ।