आज: २४ बैशाख २०८१, सोमबार | Mon, 06, May, 2024

नामिबियाविरुद्ध रोहितको दोस्रो अर्धशतक, अन्तर्राष्ट्रियमा १ हजार रन पूरा

गोकर्णेश्वर खबर२ फाल्गुन २०७९, मंगलवार १५:५२ मा प्रकाशित (१ साल अघि) ५७ पाठक संख्या

२ फागुन, काठमाडौं । नेपाली राष्ट्रिय टिमका कप्तान रोहित पौडेलले विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय शृंखलाको पहिलो खेलमा नामिबियाविरुद्ध इनिङको दोस्रो अर्धशतक बनाएका छन् ।

चौथो नम्बरमा क्रिजमा उत्रिएका रोहितले ४७ बलमा चार चौका र तीन छक्कासहित ५० रन पूरा गरे ।

त्रिवि क्रिकेट मैदानमा दुई सय ८६ रनको लक्ष्य पछ्याइरहेको नेपालका लागि कुशल भुर्तेलले यसअघि नै अर्धशतक बनाएका थिए। नेपालका लागि ओपनिङमा आएका कुशलले ५१ बलमा ६ चौका र दुई छक्कासहित ५० रन पूरा गरेका थिए ।

यसअघि अर्का ओपनर आसिफ शेख शून्यमा पेभेलियन फर्केका थिए। वान् डाउनमा क्रिजमा उत्रिएका पूर्व कप्तान ज्ञानेन्द्र मल्ल ३५ बलमा चार चौकासहित २५ रन बनाएर आउट भएका थिए ।

अन्तर्राष्ट्रियमा एक हजार रन पूरा गर्ने नेपालका पहिलो ब्याटर 

यसैगरी, रोहित पौडेल एकदिवसीय अन्तर्राष्ट्रियमा एक हजार रन पूरा गर्ने नेपालका पहिलो ब्याटर बनेका छन् । विश्वकप लिग २ मा नामिबियाविरुद्धको खेलमा ५५ रन बनाएसँगै उनले यो उपब्लधि हात पारेका हुन् ।

उनले ३३ औं खेल खेल्दै एक हजार रन बनाएका हुन् । रोहितले २०१८ मा नेदरल्यान्ड्सविरुद्ध एमस्टलभिनमा एकदिवसीय अन्तर्राष्ट्रिय डेब्यु गरेका थिए ।