आज: २५ बैशाख २०८१, मंगलवार | Tue, 07, May, 2024

फागुन १४ बाट दोश्रो चित्र कुमार स्मृति भेट्रान कप शुरु हुने

गोकर्णेश्वर खबर२९ माघ २०७९, आईतवार ०८:४६ मा प्रकाशित (१ साल अघि) १३७ पाठक संख्या

२९ माघ, काठमाडौं । बौद्ध भेट्रान क्लबको आयोजनामा दोश्रो चित्र कुमार स्मृति भेट्रान कप हुने भएको छ । फागुन १४ गतेबाट शुरु हुने प्रतियोगिता २० गतेसम्म सञ्चालन हुनेछ ।

बौद्ध टाउन प्लानिङ स्थित फुटबल मैदानमा हुने प्रतियोगिताका लागि सहभागि हुने टिमले फागुन १० गतेसम्ममा दर्ता गराउनु पर्ने आयोजकले बताएका छन् ।

प्रतियोगितामा प्रथम हुनेले १ लाख ५० हजार र दोश्रो हुनेले ७५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । टिम दर्ता शुल्क १० हजार लाग्नेछ ।

यसैगरी आयोजक बौद्ध भेट्रान क्लबले “दोस्रो चित्र कुमार स्मृति भेट्रान कप“ प्रतियोगितामा सहभागी हुन आव्हान समेत गरेको छ ।