आज: २५ बैशाख २०८१, मंगलवार | Tue, 07, May, 2024

सुदूरपश्चिम प्रदेशसभा बैठकमा नागरिक उन्मुक्तिका सांसद अनुपस्थित 

गोकर्णेश्वर खबर२६ माघ २०७९, बिहीबार १७:२३ मा प्रकाशित (१ साल अघि) ४३ पाठक संख्या

२६ माघ, काठमाडौँ । सुदूरपश्चिम प्रदेशसभा बैठक सुरु भएको छ। आजको बैठकमा मुख्यमन्त्री राजेन्द्र रावलले विश्वासको मत लिँदैछन्।

बैठकमा नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभा सदस्यहरु भने उपस्थित भएका छैनन्। उनीहरु काठमाडौँमै छन्।

सुदूरपश्चिम प्रदेशसभामा नागरिक उन्मुक्ति निर्णायक छ। तर उसले रेशम चौधरीको रिहाइलगायतका माग पूरा नभएसम्म सरकारलाई विश्वसाको मत नदिने बताएको छ।

आज विश्वासको मत पाउन असफल भए मुख्यमन्त्री रावल पदमुक्त हुनेछन्।