आज: २६ बैशाख २०८१, बुधबार | Wed, 08, May, 2024

बन्द प्रशिक्षणमा सहभागी भए सन्दीप लामिछाने 

गोकर्णेश्वर खबर१९ माघ २०७९, बिहीबार १८:४४ मा प्रकाशित (१ साल अघि) २३ पाठक संख्या

१९ माघ, काठमाडौं । बलात्कार अभियोग लागेका नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने बन्द प्रशिक्षणमा सहभागी भएका छन्। क्यानले निलम्बन फुकुवा गरेसँगै सन्दीप पुनः टीममा परेका हुन् ।

उनी बिहीबार साँझदेखि हुने बन्द प्रशिक्षणमा सहभागी भएका छन्। उनले बिहीबार नै कीर्तिपुर पुगेर अभ्यासमा सहभागिता जनाएका थिए।

क्यानको पोखरामा सम्पन्न बोर्ड बैठकले सन्दीपलाई निलम्बन गर्ने निर्णय गरेको थियो । केही अघि मात्रै सन्दीप उच्च अदालत पाटनको आदेशले बलात्कार मुद्दामा धरौटीमा रिहा भएका थिए । तर, उनलाई हिरासतमै राखेर कानुनी प्रक्रिया अघि बढाइनु पर्ने भन्दै सर्वोच्च अदालतमा फेरि अर्को रिट निवेदन परेको छ ।