आज: ३१ बैशाख २०८१, सोमबार | Mon, 13, May, 2024

संसद् भवनअगाडि एक युवकद्वारा आत्मदाहको प्रयास

गोकर्णेश्वर खबर१० माघ २०७९, मंगलवार १५:५७ मा प्रकाशित (१ साल अघि) ८९ पाठक संख्या

१० माघ, काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरस्थित सडकमै एक व्यक्तिले आत्मदाहको प्रयास गरेका छन् । इलामको पन्चकन्या ६ स्थायी घर भएका अन्दाजी ३६ वर्षीय प्रेम प्रसाद आचार्यले आत्मदाहको प्रयास गरेको प्रहरीले जनाएको छ ।

हाल आचार्य घाइते भएको र कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ ।

यद्यपि घटनाको कारणबारे केही खुलेको छैन । घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।