आज: ३१ बैशाख २०८१, सोमबार | Mon, 13, May, 2024

काभ्रे तेमालका ५ वटा विद्यालयका विद्यार्थीहरूलाई न्यानो सामग्री वितरण 

गोकर्णेश्वर खबर२६ पुष २०७९, मंगलवार ०९:११ मा प्रकाशित (१ साल अघि) ९९ पाठक संख्या

२६ पुष, काठमाडौं । सोसाइटी फर हर एजुकेसन नेपाल (सी नेपाल)ले काभ्रेको तेमाल गाउँपालिका वडा नं २ का पाँचवटा विद्यालयका विद्यार्थीहरूलाई जुत्ता, मोजा, कपडा लगायत न्यानो सामग्री वितरण गरेको छ । तेमाल–२, चुखास्थित सर्वोद्वार माध्यमिक विद्यालयमा आयोजित कार्यक्रमका वडाका पाँचवटा विद्यालयका विद्यार्थीहरूलाई सामग्री वितरण गरिएको हो ।

बालबालिकाको क्षेत्रमा काम गर्दै आएको सोसाइटी फर हर एजुकेसन नेपाल (सी नेपाल) ले आइतबार ३ सय विद्यार्थीहरुलाई सामग्री वितरण गरेको हो ।

नवनिर्वाचित वाग्मती प्रदेशसभा सदस्यमा तीर्थ लामाले विद्यार्थीहरुलाई सामग्री वितरण गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै लामाले बालबालिकाको शैक्षिक अधिकारको प्रवद्धर्नमा सबै पक्षले मिलेर काम गरे बालबालिकाको भविष्य उज्वल हुने बताए ।

कार्यक्रममा सर्वोद्वार माध्यमिक विद्यालयका १ सय ७० जना, सरस्वती प्राथमिक विद्यालयका १७ जना, सुनकोसी प्राविका ५० जना, जनउद्धार प्राविका २५ जना र बालकल्याण प्राविका ४० जना विद्यार्थीलाई सामग्री वितरण गरिएको थियो ।