आज: २७ बैशाख २०८१, बिहीबार | Thu, 09, May, 2024

गोकर्णेश्वरमा अपांगता भएका व्यक्तिहरुलाई सहायक सामग्री वितरण

गोकर्णेश्वर खबर२५ पुष २०७९, सोमबार ०९:२३ मा प्रकाशित (१ साल अघि) ६८ पाठक संख्या

२५ पुष, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं. ४ मा अपांगता भएका व्यक्तिहरुका लागि सहायक सामग्री वितरण गरिएको छ ।

शनिबार अपांग पुर्नस्थापना केन्द्र नेपालको २१ औं साधारण सभाको अवसरमा ६ थान ह्बिलचियर, १० थान बैशाखी र ५ थान सेतो छडी बितरण गरिएको थियो ।

सहायक सामग्री प्रमुख आतिथी तथा गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दीपक रिसाल, विशिष्ठ अतिथी तथा नगर उपप्रमुख सान्नानी लामा र विशेष अतिथी अतिथी तथा गोनपा ४ का वडा अध्यक्ष जयराम महतले वितरण गरेका हुन् ।

अपांगता भएका व्यक्तिहरुका लागि अति आवश्यक सहायक सामग्रीहरु गोकर्णेश्वर नगरपालिकाको आर्थिक सहयोगमा वितरण गरिएको हो । कार्यक्रम अपांग पुर्नस्थापना केन्द्र नेपालका अध्यक्ष उदय बहादुर लिम्बुको सभापतित्वमा भएको थियो ।