आज: २६ बैशाख २०८१, बुधबार | Wed, 08, May, 2024

सत्ता गठबन्धनको बाँडफाँटप्रति नागरिक उन्मुक्ति पार्टी असन्तुष्ट

गोकर्णेश्वर खबर२५ पुष २०७९, सोमबार ०८:५९ मा प्रकाशित (१ साल अघि) १७५ पाठक संख्या

२५ पुष, काठमाडौं । सत्ता साझेदार दलको बैठकले प्रदेश सरकार गठनको बाँडफाँटप्रति नागरिक उन्मुक्ति पार्टीले असन्तुष्टि प्रकट गरेको छ । आइतबार साँझ बालुवाटारमा बसेको सत्ता साझेदार दलले गरेको सरकार गठनको बाँडफाँटप्रति असन्तुष्टि जनाएको हो ।

नागरिक उन्मुक्ति पार्टीले सत्ता साझेदार दलको शीर्ष नेतृत्वहरुको बैठकमा आफूहरुको पनि सहभागिता रहेपनि त्यहाँ भएको बाँडफाँटमा आफूहरुको कुनै सहमति नभएको बताएको छ ।

पार्टीले उठाउँदै आएको रेशम चौधरीसहित राजबन्दी रिहाइको माग मुद्दा सम्बोधन नभएसम्म सरकार गठनमा कुनै सहयोग नगर्ने बताएको छ ।

सत्ता साझेदार दलको बैठकले गण्डकी र लुम्बिनीमा एमालेले सरकार बनाउने, वागमती र सुदूरपश्चिममा एमाले र माओवादीले आलोपालो गर्ने, मधेस प्रदेशमा जसपा र जनमतले आलोपालो सरकार बनाउने र कर्णालीमा माओवादीले सरकार बनाउने सहमति गरेको समाचार बाहिरिएको छ ।